खेल


एनएसएल : वीरगञ्जविरुद्ध ललितपुरको अग्रता

एनएसएल : वीरगञ्जविरुद्ध ललितपुरको अग्रता

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १७:५६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा वीरगञ्ज युनाइटेड एफसीविरुद्ध ललितपुर सिटी एफसीले अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मगंलबार जारी खेलको पहिलो हाफ सकिदा ललितपुरले अग्रता लिएको छ।  

खेलको सुरुआतमा १–० ले पछि परेको ललितपुरले दोस्रो हाफमा नै २ गोल गर्दै अग्रता बनाएको हो। 

खेलको १०औँ मिनेटमा विलियम ओपुकु आसिडुको गोलमा विरगञ्जले सुरुआती अग्रता बनायो। 

तर त्यसको चार मिनेटमा नै ललितपुरले बराबरी गोल गर्यो। खेलको १४ औं मिनेटमा एमोन इजिकेलको गोलमा ललितपुर खेलमा फर्किएको थियो। एमोनले विरगञ्जका डिफेन्डरलाई छल्दै अघि बढाएको बललाई गोलरक्षक दिप कार्कीलाई विट गर्दै बललाई पोष्टको जाली चुमाए। 

खेलको २८औँ मिनेटमा निखिल सुरेशराओको गोलमा ललितपुरले अग्रता दोब्बर पार्यो। 

खेलको पाँचौ मिनेटमा नै ललितपुरका कप्तान अञ्जन विष्टको हेडर विरगञ्जका गोलरक्षक दिप कार्कीले बचाए। 

२४औँ मिनेटमा विवेक पौडेलको क्रसमा निखिल सुरेशराओको फितलो प्रहार पोष्टको नजिकबाट बाहिरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .