खेल


पोखरा थन्डर्सविरुद्ध १० खेलाडीमा सीमित ललितपुरको अग्रता

एनएसएल फुटबल क्वालिफायर
पोखरा थन्डर्सविरुद्ध १० खेलाडीमा सीमित ललितपुरको अग्रता

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस १२, २०८० बिहिबार १८:२७, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध १० खेलाडीमा सीमित ललितपुर सिटी एफसीले अग्रता बनाएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफ सकिँदा ललितपुरले १–० को अग्रता बनाएको हो। 

खेलको ४५ औँ मिनेटमा इमोन एजिकेको गोलमा ललितपुरले सुरुआती अग्रता बनायो। पोखराका गोलरक्षकलाई छल्दै अघि बढाएको बललाई इमोनले सहजै गोल गरे। 

४२ औँ मिनेटमा नरेन्द्र चौधरीको पासमा मोसेसको हेडर बाहिरियो। ३४ औँ मिनेटमा ललितपुर १० खेलाडीमा सीमित भयो।

निखिल सुरेशराओले पोखराका आयुष घलानलाई खराब ट्याकल गरेपछि रेफ्री नवीन्द्र महर्जनले निखिललाई रातो कार्ड देखाए। 

३२ औँ मिनेटमा पोखराका आयुष घलानको पासमा जो एडोको क्रसमा मोसेसको प्रहार बाहिरियो। 

२९ औँ मिनेटमा पोखराका सुरज जिउ ठकुरीको कर्नर मोसेसको हेडर पहिलो बारको नजिकबाट बाहिरियो। 

आठौँ मिनेटमा ललितपुरका निखिल सुरेशराओको फितलो प्रहार पोखराका गोलरक्षक प्रिसोले सहजै बचाए। 

खेलको तेस्रो मिनेटमा नै पोखराका मोसेसको प्रहार क्रसबारको माथिबाट आकाशियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .