खेल


फुटबलर आयुष घलानलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मान’

फुटबलर आयुष घलानलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मान’

तस्बिर सौजन्य : सुदर्शन रञ्जित


नेपालखबर
माघ ९, २०८० मंगलबार १४:३८, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलान आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता उद्घाटनका अवसरमा मंगलबार सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मान प्रदान गरिएको छ। 

आयोजक सहारा क्लब पोखराले प्रतियोगिताको उद्घाटन समाराेहका बीच आयुषलाई नगदसहित सम्मान गरेको हो। 

आयुषलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित सहाराका पदाधिकारीले सम्मान गरे। 

प्रतिभा छनोट समितिको सिफारिसमा कार्यसमितिले उनलाई सम्मान गरेको हो। क्लबले उनलाई ५० हजार ५ रुपैयाँ र दोसल्लाले ओढाएर सम्मान गरेको हो। 

हेटौँडाका आयुषले राष्ट्रिय टोलीबाट २२ खेलमा एक गोल गरेका छन्। 

सहाराले हरेक वर्ष राष्ट्रिय तथा अन्तर्रािष्ट्रय फुटबल प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका एक फुटबलरलाई सम्मान गर्ने गरेको छ।

सहाराले अहिलेसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङलाई सम्मान गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .