ad ad

खेल


भलिबल क्रेज : टिकट काटेर खचाखच दर्शक

मुख्यमन्त्री कपको उपाधि एपीएफलाई
भलिबल क्रेज : टिकट काटेर खचाखच दर्शक

गोकुल जोशी
माघ २०, २०८० शनिबार १९:४, कञ्चनपुर

तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ। शनिबार महेन्द्रनगरको खुलामञ्चमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई हराउँदै एपीएफले उपाधि उचालेको हो। 

एपीएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको छ। पहिलो सेट २५–२१ ले हारेको एपीएफले बाँकी तीन सेट २५–१६, ३०–२८ र २५–२१ ले लगातार जितेको थियो।

विजेता एपीएफले ४ लाख नगद पुरस्कार हात पारेको छ। उपविजेता गण्डकी प्रदेशले नगद २ लाख पुरस्कार जितेको छ। 

यस्तै प्रतियोगितामा तृतीय नेपाल प्रहरी भएको छ। नेपाल प्रहरीले १ लाख नगद पुरस्कार जितेको छ। चोथो स्थान हासिल गरेको त्रिभुवन आर्मी क्लवले ५० हजार नगद पुरस्कार हात पारेको छ।

विभिन्न विधाका ८ उत्कृष्ट खेलाडी नगदसहित सम्मानित भए। उत्कृष्ट खेलागडी एपिएफका विजयी थापा घोषित भए। उत्कृष्ट सर्भर एपिएफकै हेमन्त मल्ल, उत्कृष्ट सेटर प्रहरीका एम राना, स्पाइकर गण्डकीका रवी केसी, ब्लकर गण्डकीकै इन्द्रो विक र डिफेन्डर एपिएफका विनोद चन्द घोषित भएका थिए।

यस्तै, उत्कृष्ट कोच एपिएफका पुष्पजंग मल्ल र उत्कृष्ट उदयमान खेलाडी सुदूरपश्चिमका अर्जुन नेपाली भए। उनीहरुले जनही १०÷१० हजार पुरस्कार जितेका छन्।

१४ माघदेखि सुरु भएको प्रतियोगिता शनिबार समापन भएको हो। प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश सरकारले ८० लाख बजेट विनियोजन गरेको थियो। 

प्रदेश सरकारको लगानीमा सुदूरपश्चिम प्रदेदश खेलकुद परिषद्ले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा तीन विभागीयसहित ७ प्रदेशका गरेर १० टीमको सहभागीता रहेको थियो।

प्रतियोगितामा सहभागी खेलाडी, अफिसियललगायतको बसाइँ, यातायातलगायतको खर्च आयोजकले नै व्यहोरेको हो। 

भलिबलका दर्शकले महेन्द्रनगर खुलामञ्च खचाखच भरिएको थियो। विद्यार्थीलाई प्रवेशमा २० र अन्य सर्वसाधारणलाई ५० शुल्क तोकिएको थियो। 

विद्यार्थी पोशाकमा आउनेलाई निःशुल्क प्रवेश दिएको आयोजकले जनाएको छ। टिकट काटेर हजारौँ दर्शकले भलिबल खेल अवलोकन गरेका छन्। प्याराफिटमा ठाउँ नभएर दर्शक छतमा पनि खचाखच भएका थिए। 

कञ्चनपुरमा करिब एक दशकपछि भलिबलको राष्ट्रियस्तरको प्रतियोगिता आयोजना भएको हो। ‘भलिबलको क्रेज कति छ भन्ने प्रतियोगितामा सहभागी दर्शकले देखाएको छ। हामीले यति दर्शक आउलान् भन्ने कल्पना नै गरेका थिएनौँ,’ जिल्ला भलिबल संघ कञ्चनपुरका महासचिव उत्तम विष्टले भने, ‘यसले यस क्षेत्रको खेल क्षेत्र चलायमान भएको छ।’

मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा दुई संस्कररण यसअघि धनगढीमा आयोजना गरिएका थिए। महेन्द्रनगरमा यसअघि वि.सं. २०६९ सालमा नेपाल भारत इन्डो भलिबल प्रतियोगिता आयोजना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .