खेल


साफ यू-१९ महिला च्याम्पियनसिप : लिग चरणमै सकियो नेपालको यात्रा

साफ यू-१९ महिला च्याम्पियनसिप : लिग चरणमै सकियो नेपालको यात्रा

नेपालखबर
माघ २३, २०८० मंगलबार १७:४८, काठमाडौँ

बगंलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालको यात्रा लिग चरणबाटै सकिएको छ। 

मगंलबार भएको खेलमा भारतसँग पराजित भएसँगै नेपालको यात्रा लिग चरणबाटै टुङ्गीएको हो। 

ढाकास्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ४–० को फराकिलो अन्तरले पराजित भएको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। 

खेलको ५४ औँ मिनेटमा नेहाको गोलका भारतले सुरुवाती अग्रता बनाएको थियो। ८० औँ मिनेटमा नेहाले नै व्यक्तीगत दोस्रो गोल गर्दैै अग्रता दोब्बर पारिन्। 

त्यसको पाँच मिनेटपछि सुलाञ्जना राउलको गोलमा भारले नेपालविश्रद्ध ३–० को अग्रता बनाईन्। इन्ज्युरी समयको तेस्रो मिनेटमा सिन्डी कोल्नीको गोलमा भारतले ४–० को फराकिलो जित दर्ता गरेको हो। 

नेपाल भारतसँग पराजित भएसँगै भारत च्याम्पियनसिपको फाइनलमा पुगेको छ। भारतले अब उपाधिका लागि घरेलु टोली बंगलादेशको सामना गर्नेछ। बंगलादेश च्याम्पियनसिपको साविक विजेता टोली हो। 

नेपाल लिग चरणको पहिलो खेलमा बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा भने भुटानलाई १–० गोल अन्तरले पराजित गरेको थियो। 

भारतले आफ्नो पहिलो खेलमा भुटानलाई १०–० लो फराकिलो अन्तरले पाखा लगाएको थियो। दोस्रो खेलमा भने आयोजक बंगलादेशसँग १–० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .