खेल


आईसीसी विश्वकप लिग-२ : नामिबियाको तेस्रो जित

आईसीसी विश्वकप लिग-२ : नामिबियाको तेस्रो जित

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १८:३, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालको घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नामिबियाले तेस्रो जित दर्ता गरेको छ।

शुक्रबार भएको नामिबियाको अन्तिम खेलमा नेदरल्याण्डस्लाई २४ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

सिरिजका चार खेल मध्य तीन खेलमा जित निकालेको नामिबियाले १ खेलमा हार र ३ खेलमा जित निकाल्दै ६ अंक बनाएको छ।

समान एक खेलमा जित र दुई खेलमा हार भोगेको नेपाल दोस्रो र नेदरल्याण्डस् तेस्रो स्थानमा छ।

नामिबियाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस् ४३.५ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो।

नेदरल्याण्डस्का लागि सर्वाधिक रन बनाएका नोए झोस ४६ रनमा नटआउट रहे। म्याक्स ओ डाउडले ४१ रन बनाए।

नेदरल्याण्डस्लाई कम स्कोरमा रोक्न नामिबियाका जेहार्ड इरासमस र जान फ्रेलिंकले समान ३ विकेट लिए। बेनार्ड स्कचले २ विकेट झारे। रुवेन टङम्पलम्यान र जान निकोल लोफ्टी एटोनले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा २ सय ३ रन बनाउँदा अलआउट भयो।

जान निकोल लोफ्टी एटोन ४९ रन बनाउँदा रन आउट भए। ओपनर मलान क्रुगरले ३९ र जान फ्रेलिंकले ३४ रन थपे।

नेदरल्याण्डस्का भिभियन किंग्माले ३ विकेट लिए। आर्यन दत्त र रोइलोफ भान डेरले समान २ विकेट लिए। सारिज अहमद र बास डे लिडले समान १ विकेट आफ्नो नाममा गरे।

सिरिजको अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्याण्डस् भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .