ad ad

खेल


वाफ महिला च्याम्पियनसिप : नेपाल र जोर्डनबीचको खेल टाइब्रेकरमा

वाफ महिला च्याम्पियनसिप : नेपाल र जोर्डनबीचको खेल टाइब्रेकरमा

नेपालखबर
फागुन १७, २०८० बिहिबार २३:५२, काठमाडौँ

साउदी अरबमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनल नेपाल र जोर्डनबीचको खेलको निर्णय टाइब्रकेरबाट लिइने भएको छ। 

साउदी अरबको जेद्दातस्थित किङ अब्दुल्लाह स्पोर्ट्स् सिटी रिसर्भ स्टेडियममा निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो। 

खेलको पहिलो हाफमा जोर्डनलाई दबाबमा राखेको नेपालले दोस्रो हाफमा भने केही लय गुमाउन पुग्यो।  

पहिलो हाफको २९ औँ मिनेटमा रेखा पौडेलको लामो क्रस जोर्डनका लाग्दै आएको बललाई सविताले पोष्टको जाली चुमाएकी थिइन्। 

खेलको ७४ औँ मिनेटमा लाना फेरासको गोलमा जोर्डन खेलमा फर्किएको थियो। मैदानको मधयभागबाट आएको लामो प्रहारलाई लानाले पोष्टको गति दिदा नेपालकी कप्तान तथा गोलरक्षक एञ्जिता तुम्बाप्पो सुब्बाले रोक्ने मौका पाइनन्। 

त्यसको दुई मिनेटमा नै जोर्डनकी सराह अबु सबाहको लामो प्रहार क्रसबारमा लाग्दै बाहिरियो। त्यसकै रिबाउण्डमा जोर्डनकी कप्तान मायसाले गोल गरेपनि रेफ्रिले पहिले नै अफसाइड दिएका थिए। 

तर खेलको ८९ औँ मिनेटमा सराह अबुको गोलमा जोर्डनले अग्रता दोब्बर पार्यो। उनले कप्तान मायसाको पासमा गोल गरेकी थिइन्। 

खेलको इन्ज्युरी समयमा नेपालले पेनाल्टी अवसर पाएको थियो।

जुन मौकालाई डिफेन्डर गीता रानाले खेर जान दिईनन्। र नेपाललाई बराबरीमा ल्याईन्। राष्ट्रिय टोलीका लागि गीताको यो दोस्रो गोल हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .