ad ad

खेल


संन्यासको २ वर्षपछि मैदानमा फर्किए पारस खड्का (तस्बिरहरू)

संन्यासको २ वर्षपछि मैदानमा फर्किए पारस खड्का (तस्बिरहरू)

तस्बिर : सरोज नेपाल


सरोज नेपाल
फागुन २८, २०८० सोमबार १२:२२, भैरहवा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का संन्यासको साढे दुई वर्षपछि मैदान फर्किएका छन्।

एक्स्ट्राटेक ओभल प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिमा निर्माण गरेको  एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटनको अवसरमा सुरु  एक्स्ट्राटेक लिजेन्ड कप टी-१० लिगमा विश्वकप २०१४ टोलीको कप्तानी गर्दै पारस मैदान फर्किएका हुन्।

२०७९ को साउन १९ गते सन्न्यास घोषणा गरेका पूर्वकप्तान खड्का खेल जीवनबाट व्यवस्थापनमा आइसकेका छन्।

क्यानको निर्वाचनबाट सचिवमा निर्वाचित हुँदै व्यवस्थापनमा आएका खड्का सन् २०१४ को विश्वकप खेलेको टोलीसँगै फेरि एकपटक मैदानमा देखिएका हुन्।

पारसको टोलीले पहिलो सेमिफाइनलमा नेपाली क्रिकेटको पहिलो ब्याचको टोली १९९६ लिजेन्ड्ससँग खेल खेल्नेछ। 

यो टोलीको कप्तानी एलबी क्षत्रीले सम्हालेका छन्। 

पारस खड्काले टस जितेर फिल्डिङ रोजेपछि १९९६ लिजेन्ड्स ब्याटिङमा आएका छन्। 

विश्वकप २०१४ : पारस खड्का (कप्तान) ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अविनाश कर्ण, शरद भेषावकर, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नवीन घिमिरे, सामसङ जंग थापा, नगेन्द्र भट्टराई, प्रफुल वैद्य, मनोज कटुवाल, बद्री पंगेनी।

लिजेन्ड्स ९६ : एलबी क्षत्री (कप्तान), पवन अग्रवाल, मनिष राज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, वसन्त शाही ठकुरी, किरण राणा, मुसरफ इजहार जगत टमाटा, पुकार पन्त, विशाल गुप्ता, रितेश बराल, नीरा राजोपाध्याय, रिकेश लामा, दीपेश श्रेष्ठ, राजेन महर्जन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .