खेल


बहराइनसँगको खेल हेर्न जान तयार एन्फाका पदाधिकारीलाई राखेपले रोक्यो

बहराइनसँगको खेल हेर्न जान तयार एन्फाका पदाधिकारीलाई राखेपले रोक्यो

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार १७:२०, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटका लागि राष्ट्रिय फुटबल टोलीसँग बहराइनसँगको खेल हेर्न जाने अन्य पदाधिकारीलाई रोक लगाएको छ। 

अखिल नेपाल फुटबल (एन्फा) ले बिहिबार बहराइनविरुद्धको खेलका फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम स्वीकृतिका लागि राखेपमा दर्ता गरेको थियो। 

मलेसियाबाट सिधै बहराइन पुग्ने फुटबल टोली तथा नेपालमा रहेका टोलीका डाक्टर राजु डंगोलबाहेक अन्यको नाममा राखेपले स्वीकृति नदिएको सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्। 

सरोकार नभएका १० पदाधिकारी जान लागेको समाचारपछि युवा तथा खेलकुद मन्त्रालयले त्यसमा चासो व्यक्त गर्दै राखेपको नियमानुसार पदाधिकारीले विदेश यात्राका लागि स्वीकृति लिनुपर्ने स्मरण गराएको थियो। 

नेपालले छनोट अन्तर्गत बहराइनविरुद्ध चैत ८ र १३ गते खेल्दैछ। उक्त खेलका लागि २३ खेलाडीसहित मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, प्राविधिक प्रशिक्षक, फिजियो, डाक्टर, व्यवस्थापक, ३१ जनाको नाम थियो। 

मलेसिया जाने फुटबल टोलीमा खेलाडीसँगै प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोबाहेक एन्फा उपाध्यक्ष दिपक खतिवडा, सिइओ इन्द्रमान तुलाधर, सदस्य महेन्द्र क्षत्रीसहित , जिल्ला फुटबल संघ संखुवासभाका अध्यक्ष भरत घिमिरे, ललितपुरका सचिव प्रविण श्रेष्ठ, कास्कीका सुविन कुमार श्रेष्ठ, थ्री स्टार क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठ, खुमलटारका सचिव बुद्धि गुरुङ, मकवापनुरका सुनिलएलोप्चन र एन्फा कर्मचारी ज्ञानु राई थिए। 

त्यसबाहेक एन्फा केन्द्रीय सदस्य टिकाराम लामा हेड अफ डेलिगेट्स तथा मणिराज विष्ट, रामचन्द्र तामाङ लामा, रन्जन कार्की, राजकाजी श्रेष्ठ, महेशचन्द्र महत, भरतबहादुर खत्री, शेरबहादुर बस्नेत, डोलुशकुमार केसी अफिसियल र मिडिया अफिसर गोविन्दराज नेपाल थिए।

डा. डंगोलबाहेक अरुको हकमा स्वीकृति दिन एन्फासँग चित्त बुझ्दो जवाफ नभएको सदस्य सचिव घिसिङले बताएका छन्। 

कर्मचारी राईको हकमा भने एन्फाले पछिल्लो समय किट म्यानेजरको भूमिकामा एन्फामा कार्यरत कर्मचारीलाई लाग्दै आएको हो। तर किट म्यानेजरमा विकास गुरुङ रहँदै आएकोमा यसपटक राई गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .