ad ad

खेल


टी-२० पछि वान डे सिरिजमा पनि नेपाल निराश, एक खेलअगावै आयरल्यान्डलाई उपाधि

टी-२० पछि वान डे सिरिजमा पनि नेपाल निराश, एक खेलअगावै आयरल्यान्डलाई उपाधि

तस्बिर : क्रिकेट संघ


नेपालखबर
चैत २३, २०८० शुक्रबार १४:२७, काठमाडौँ

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ टोलीविरुद्धको तीन खेलको ओडीआई सिरिज एक खेलअगावै आफ्नो पक्षमा पारेको छ। 

यससँगै नेपाल ‘ए’ टोलीले घरेलु मैदानमा खेलेको तीन खेलको टी–२० र ओडीआई सिरिज आयरल्यान्डलाई सुम्पेको हो। 

शुक्रबार भएको सिरिजको दोस्रो खेलमा आयरल्यान्डले नेपाल ‘ए’ टोलीमाथि १ सय १४ रनको फराकिलो जित निकालेको हो। 

नेपालले पहिलो खेल २१ रनले गुमाएको थियो। 

आयरल्यान्ड ‘ए’ ले दिएको १ सय ७५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ‘ए’ टोली १६.५ ओभरमा ६० रन बनाउँदा अलआउट भयो। 

भीम सार्कीले बनाएको १७ रन नै नेपालका लागि सर्वाधिक रह्यो। कप्तान विनोद भण्डारीले १६ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालका पाँच ब्याटर शून्यमा नै पेभेलियन फर्के। 

आयरल्यान्डका लागि म्याथुले सर्वाधिक ६ विकेट लिए। फियोन ह्यान्ड र थोमस मयसले समान २ विकेट लिए। 

त्यसअघि कीर्तिपुररस्थ्ति त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ टोली ३८.४ ओभरमा १ सय ७४ रन बनाउँदा अलआउट भयो। 

आयरल्यान्डलाई कम स्कोरमा रोक्न रिजन ढकाल र साहब आलमले समान ३ विकेट लिए। मौसम ढकालले २ विकेट झारे। कमल सिंह ऐरिले एक विकेट आफ्नो नाममा गरे। 

आयरल्यान्डका लागि गाभिन होएले अर्धशतक पूरा गरे। कप्तान निल रक ४५ रन बनाउँदा क्याच आउट भए। लियाम ३५ रन बनाउँदा क्याच आउट हुन पुगे।

पिटर मुरले १७ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .