ad ad

खेल


एसएमएस फ्रेन्डसिप कप : गुजरातलाई हराउँदै नेपाली टोलीले चुम्यो उपाधि

एसएमएस फ्रेन्डसिप कप : गुजरातलाई हराउँदै नेपाली टोलीले चुम्यो उपाधि

तस्बिर : क्यन


नेपालखबर
चैत २५, २०८० आइतबार १६:५३, काठमाडौँ

भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिताको उपाधि नेपाली टोलीले उचालेको छ। 

आइतबार गुजरात क्रिकेट एसोसियसनको टिमसँगको उपाधि भिडन्तमा नेपालले १८ रनले बाजी मारेको हो। 

नेपाल लिग चरण विजेता र गुजरात उपविजेताका रूपमा फाइनलमा पुगेका थिए। लिग चरणका दुवै खेलमा गुजरातलाई हराएको नेपालले उसैलाई हराउँदै उपाधि जितेको हो। 

गुजरातलाई रोक्न नेपालका लागि अविनास बोहोराले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। 

एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको उपाधि भिडन्तमा नेपाली राष्ट्रिय टोलीले गुजरातसामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले कप्तान रोहित पौडेको अर्धशतक मद्दतमा निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।

जसलाई पछ्याउने क्रममा गुजरात पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १५८ रनमै समेटिएको हो। 

नेपालका लागि रोहित पौडेलले कप्तानी पारी खेले। उनले सर्वाधिक ७४ रन बनाउँदा क्याच आउट भए। रोहितले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै आक्रामक पारी खेलेका थिए। 

नेपालका लागि ब्याटिङतर्फ ओपनर आशिफ शेख ३४ र कुशल भुर्तेल १९ रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरी ७ रनमा क्याच आउट भए।  कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा नटआउट रहे। 

गुजराताका लागि जयमित, शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले समान एक-एक विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .