ad ad

खेल


बायर्न सेमिफाइनलमा, आर्सनल क्वार्टरफाइनमै रोकिए

बायर्न सेमिफाइनलमा, आर्सनल क्वार्टरफाइनमै रोकिए

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार ६:३६, काठमाडौँ

इंग्लिस क्लब आर्सनललाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। 

बुधबार राति घरेलु मैदानमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा १–० को जित निकालल्दै समग्रमा ३–२ को जितसहित बायर्नले सेमिफाइनल यात्रा तय गरेको हो। 

आर्सनलको घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो। 

बायर्नका लागि खेलको ६३ औँ मिनेटमा जोसुवा किमिचले गरेको गोल नै निर्णायक बन्यो। आर्सनल सन् २००८–०९ यता च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सकेको छैन। 

बायर्नले अब सेमिफाइनलमा १४ पटकको लिग च्याम्पियन स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ। योसगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ। 

सेमिफाइनलमा बायर्न र रियल तथा पिएसजी र बरुसिया डर्टमुन्ड खेल्नेछन्। मंगलबारराति भएको खेलमा पिएसजीले बार्सिलोनालाई तथा डर्टमुन्डले एथलेटिको मड्रिडलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए। 

दुबै सेमिफाइनलको पहिलो लेग ३० अप्रिलमा हुनेछ। दोस्रो लेग ७ मे मा हुनेछ। फाइनल खेल १ जुनमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .