ad ad

खेल


राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलो पटक टिम च्याम्पियन

राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलो पटक टिम च्याम्पियन

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार २१:५४, काठमाडौँ

सुदूरपश्चिम प्रदेश १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा पहिलोपटक टिम च्याम्पियन बनेको छ।

बिहिबार सम्पन्न रनिङ सिल्डमा सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो।

१७ स्वर्ण, १३ रजत र १५ कास्य पदक जितेको बागमती प्रदेश दोश्रो भयो । तेश्रो स्थानमा रहेको  कर्णाली प्रदेशले १० स्वर्ण, ५ रजत र १६ कास्य पदक जितेको छ।

८ स्वर्ण, ९ रजत र ९ कास्य पदक जितेको कोशी प्रदेश चौथो स्थानमा रह्यो। अघिल्ला तीन संस्करण लगातार उपाधि जितेको लुम्बिनी प्रदेशले भने पाचौँ स्थानमा रह्यो। लुम्बिनीले  ६ स्वर्ण, ११ रजत र १८ कास्य पदक जित्यो।

सात प्रदेश सहभागी ३ स्वर्ण, १० रजत र १३ कास्य जितेको गण्डकी प्रदेश छैटौं र ३ स्वर्ण, ६ रजत र ९ कास्य पदक जितेको मधेश प्रदेश सातौ स्थानमा रह्यो।

प्रतियोगितामा सात प्रदेशबा  ६ सय ८६ खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .