ad ad

खेल


आईपीएल क्वालिफायर : कोलकत्ता नाईट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दै

आईपीएल क्वालिफायर : कोलकत्ता नाईट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दै

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ११:३४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायर खेलमा आज कोलकत्ता नाईट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।

अहमवादमा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। 

यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। 

अंक तालिकाको शीर्ष २ मा हार्दै कोलकता र हैदरावादले पहिलो क्वालिफायरमा स्थान बनाएका थिए। कोलकताले लिग चरणका १४ खेलमा ९ जित र ३  खेलमा हार भोग्यो। २ खेल भने रद्द हुँदा कुल २० अंक जोड्दै शीर्ष स्थानमा रह्यो। 

कोलकताले यसअघि सन् २०१२ र २०१४ मा गरि २ पटक आईपीएल उपाधि उचालेको छ। 

दोस्रो स्थानमा रहेको हैदरावादले भने समान खेलबाट ८ मा जित, ५ खेलमा हार भोग्यो। १ खेल रद्द शुँदा १७ अंकमा दोस्रो स्थानमा रह्यो। 

लिग चरणमा राजस्थान र कोलकत्ता बीचको अन्तिम खेल वर्षाले रद्द भएपछि नेट रनरेटमा अघि रहँदै हैदरावादले दोस्रो स्थानमा रहेको हो। दैदरावाद सन् २०१६ को च्याम्पियन टोली हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .