ad ad

खेल


फ्रान्सेली स्ट्राइकर जिराउडले युरोकपपछि संन्यास लिने

फ्रान्सेली स्ट्राइकर जिराउडले युरोकपपछि संन्यास लिने

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १४:४४, काठमाडौँ

फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउडले २०२४ को युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्।

एसी मिलानका स्ट्राइकर जिराउड फ्रान्सका लागि सबै समयका सर्वाधिक गोलकर्ता हुन्। उनले १ सय ३१ खेलमा ५७ गोल गरेका छन्।

उनले सन् २०११ मा फ्रान्सको सिनियर टोलीमा डेब्यु गरेका थिए। 

सन् २०१८ मा फ्रान्सलाई विश्वकप दिलाएका ३७ वर्षिय जिराउडले भने, ‘अब हामीले युवाहरुलाई बाटो दिनुपर्छ।’

सन् २०२२ मा कतारमा भएको विश्वकपको क्वार्टरफाइनलमा इङल्याण्डविरुद्ध उनले १ गोल गरेका थिए। अर्जेन्टिनालाई टाइब्रेकरमा पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको थियो। 

जिराउडले शनिबार अन्तिम पटक सिरि ए सिजनको अन्तिम खेलमा मिलानका लागि खेल्ने अपेक्षा गरिएको छ। 

युरोकपपछि उनले अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा आवद्ध हुन सम्झौता गरिसकेका छन्। उनले क्लबसँग १८ महिनाको सम्झौता गरेका छन् भने थप १ वर्षको विकल्प पनि उनीसामु छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .