खेल


दीपेन्द्रले दिलाए अर्को सफलता, दक्षिण अफ्रिकाको चौथो विकेट पतन

दीपेन्द्रले दिलाए अर्को सफलता, दक्षिण अफ्रिकाको चौथो विकेट पतन

फाइल तस्बिर


नेपालखबर
असार १, २०८१ शनिबार ६:२७, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ।
 
नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले महत्वपूर्ण विकेट लिएका हुन्। उनले ओपनर रिजा हेनड्रिकलाई ४३ रनमा पेभेलियनको बाटो देखाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। 

यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए। 

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १६ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ। 

किुशलले १४ औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए। 

त्यसअघि कुशलले नै १२ औ ओभरको दोस्रो बलमा नेपालका ओपनर कुशल भुर्तेलले कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad