खेल


वेस्ट इन्डिजले जितका लागि इंग्ल्यान्डलाई दियो १८१ रनको विशाल लक्ष्य

वेस्ट इन्डिजले जितका लागि इंग्ल्यान्डलाई दियो १८१ रनको विशाल लक्ष्य

नेपालखबर
असार ६, २०८१ बिहिबार ८:८, काठमाडौँ

आयोजक वेस्ट इन्डिजले आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ मा जितका लागि इंग्ल्यान्ड सामु १ सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

बिहीबार जारी समूह ‘बी’ को खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयोजक वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको हो। 

वेष्ट इण्डिजका ओपनर ब्रान्डोन किंग १३ बलमा ३ चौका र १ छक्का हान्दा २३ रन बनाउँदा रिटायर्ट हर्ट लिए। 

जोनसन चाल्र्सले ३४ बलमा ४ चौका र १ छक्का सहयोगमा ३८ रन बनाए। निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६ रन बनाए। 

कप्तान पावेलले १७ बलमा ५ छक्का हाने। सेफाने रोदरफोर्ड २८ र रोमारियो सेफार्ड ५ रनमा नटआउट रहे। 

इंग्ल्यान्डका जोफ्रा आर्चर, आदिल रसिद, मोइन अली र लियाम लिभिङस्टोनले समान १ विकेट लिए। वेस्ट इन्डिजले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad