अल्जेरियन बक्सर इमान खलिफले स्वर्ण पदक जितेको २४ घण्टा नबित्दै लैंगिक विवादमै मुछिएकी अर्की बक्सरले ओलम्पिकमा स्वर्ण पदक जितेकी छन्।
ताइवानकी बक्सर लिन यु–टिङले पोल्यान्डकी २० वर्षीया बक्सर जुलिया सेरेमेटालाई हराउँदै स्वर्ण पदक जितेकी हुन्।
गत वर्ष विश्व बक्सिङ च्याम्पियनसिपमा इमान खलिफ र लिन यु–टिङ लैंगिक योग्यता परीक्षणमा असफल भएपछि अयोग्य घोषित भएका थिए। यद्यपि उनीहरूलाई पेरिस ओलम्पिकमा भाग लिन अनुमति दिइएको थियो।
सर्वसम्मत निर्णयबाट यो प्रतियोगितामा उनको चौथो जित हो। ताइवानकी २८ वर्षीया खेलाडीले फेरि आफ्नो दबदबा कायम राखेकी छन्।
276
Shares
प्रतिक्रिया