खेल


महिला टि–२० विश्वकप : भारतसामु अष्ट्रेलियाद्वारा १८५ रनको लक्ष्य प्रस्तुत

महिला टि–२० विश्वकप : भारतसामु अष्ट्रेलियाद्वारा १८५ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
फागुन २५, २०७६ आइतबार ८:३३,

एलिसा हेली र बेथ मोनीले शतकीय साझेदारी गरेपछि आईसीसी महिला टि–२० विश्वकप फाइनलमा आयोजक अष्ट्रेलियाले भारतसामु १ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

मेलवर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो।

अष्ट्रेलियाका ओपनिङ ब्याट्सवुमन एलिसा हेली र बेथ मोनीले १ सय १५ रनको उत्कृष्ट साझेदारी गरे। बेथ मोनी ७८ र निकोला क्यारी ५ रनमा नटआउट रहे। ५४ बलको सामना गरेकी मोनीले १० चौका हानिन्।

७५ रनको महत्वपुर्ण योगदान दिएकी हेली राधा यादवको बलमा वेद कृष्णमुर्तिको हातबाट आउट भइन्। ३९ बलको सामना गरेकी उनले ५ छक्का र ७ चौका प्रहार गरिन्।

तेस्रो नम्बरमा ब्याटिङमा आएकी मेग ल्यानिंग १६ रन जोड्दा पवेलियन फर्किन्। १५ बलमा उनले २ चौका हान्दै १६ रन जोडिन्। राहेल हेनेशले ४ र एशलेग गार्डनर २ रन जोड्दा आउट भए।

भारतका लागि दिप्ती शर्माले २ तथा राधा यादव र पुनम यादवले एक–एक विकेट लिए। शर्माले आफ्नो स्पेलमा ३८ रन खर्चेर २ विकेट झारेकी हुन्। आजको खेलमा शिखा पाण्डे निकै महंगो साबित भइन्।

उनले आफ्नो स्पेलमा ५२ रन खर्चे पनि कुनै विकेट लिन सकिनन्। राजेश्वरी गायकवाडले ४ ओभरमा २९ रन दिइन्।

भारत पहिलो पटक टि–ट्वान्टी विश्वकप उपाधि जित्ने होडमा छ। घरेलु टोली अष्ट्रेलिया पाँचौं पटक च्याम्पियन बन्दै उपाधि रक्षा गर्ने सोचमा छ। अष्ट्रेलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप टि–ट्वान्टीको उपाधि उचालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad