खेल


सनथ जयसूर्या बने श्रीलंका क्रिकेट टिमको मुख्य प्रशिक्षक

सनथ जयसूर्या बने श्रीलंका क्रिकेट टिमको मुख्य प्रशिक्षक

सनथ जयसूर्या


नेपालखबर
असोज २१, २०८१ सोमबार २०:४९, काठमाडौँ

सनथ जयसूर्या श्रीलंका क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

श्रीलंका क्रिकेटको कार्यकारी समितिले सोमबार जयसूर्यालाई मुख्य प्रशिक्षक बनाउने निर्णय गरेको हो।

श्रीलंका क्रिकेटले सोसल मिडिया प्लेटफर्म एक्समा विज्ञप्ति जारी गर्दै सनथ जयसूर्या मार्च ३१,  २०२६ सम्म मुख्य प्रशिक्षक पदमा रहने बताएको छ।

श्रीलंका क्रिकेटले हालै भारत, इङ्ल्यान्ड र न्युजिल्यान्डमा टोलीको राम्रो प्रदर्शनलाई ध्यानमा राखेर यो निर्णय गरेको जनाएको छ।

टोलीको यो भ्रमणमा सनथ जयसूर्या अन्तरिम प्रमुख थिए।

श्रीलंका क्रिकेट टोलीले सनथ जयसूर्यालाई बधाई दिँदै लिजेन्ड फर्किएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad