खेल


सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्षस्थानमा

सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्षस्थानमा

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १८:३६, काठमाडौँ

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५-अन्डर ६७को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले नेपाल नम्बर एकगल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे।

४-अन्डर ६८ सहित भुवन नगरकोटी र सुनिल केसी संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन्।

३-अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे। यस्तै २-अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा समग्रमापाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन्।

यसैगरी भुवन कुमार रोक्कार राजेन्द्र श्रेष्ठ प्रधानले छैटौं स्थान बाँडे। उनीहरूले १-अन्डर ७१ स्कोर गरे। इभन-पार ७२ को स्कोर‌मा निरज तामाङ, धन बहादुर थापा, रमेश अधिकारी, राजेन्द्र थापा मगर र प्रदिप कुमार लामासंयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।

गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिनतोरणले ५-अन्डर ६७ को स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन ३-अन्डर३३ मा सकाए।

बोगी रहित फ्रन्ट नाइन खल्ने क्रममा उनले तेस्रो, सातौंर नवौं होलमा बर्डी प्रहार गरे। यसपछि दशौं होलमा एक सट खेरफाले। तर यसपछि १२औं, १३औं र १५औं होलमा एक/एक सटबचाएर ब्याक नाइन २-अण्डर ३४ मा सकाए।

यसरी पहिलो दिन ६बर्डी र एक बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्षस्थानमा रहे।

नेपाल नम्बर एक भुवनले पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्टनाइन ३-अन्डर ३३ मा सकाए। उत्कृष्ट सुरूवात गरेका भुवनले ब्याकनाइनमा भने तीन बर्डी प्रहार गरेपनि दुई बोगी खेपे।

ब्याक नाइनमा  १-अन्डर ३५ को स्कोर निकाले। उनले १०औं, १६औं र १७औं होलमाएक-एक सट बचाए। १४औं र १८औं होलमा बोगी प्रहार गरे।

सुनिल केसीले सुरूवात राम्रो गर्न सकेनन्। उनले फ्रन्ट नाइन १-ओभर३७ मा सकाए। पाँचौं र छैटौं होलमा बोगी प्रहार गर्दा सातौं होलमाएक सट बचाए।

यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गरे। ११औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गरे भने १८औंहोलमा पनि एक सट बचाए। ब्याक नाइन ५-अन्डर ३१ मा पुरा गर्दा४-अन्डर ६८ को स्कोरकार्ड तयार पारे।

एमेच्योरतर्फ राहुल २-अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई३ स्ट्रोकलेपछि पार्दै शीर्षस्थानमा रहे। १-ओभर ७३ सहित विजयदोस्रो स्थानमा छन्। डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सदभाव आचार्य भने २-ओभर ७४ सहित तेस्रो स्थानमा छन्।

चार दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र तीन वा तीन भन्दाकम ह्यान्डीक्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन्।

३६ होलपछि कट लागू हुनेछ। उत्कृष्ट २१प्रोफेसनल तथा एमेच्योर खेलाडीले मात्र अन्तिम दुई दिनको लागीस्थान सुरक्षित गर्नेछन्।

प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश: १ लाख र ७५ हजार प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad