खेल


कर्णालीले टस जित्यो, चितवनले पहिले ब्याटिङ गर्ने

दुवै टोलीले गरे खेलाडी परिवर्तन
कर्णालीले टस जित्यो, चितवनले पहिले ब्याटिङ गर्ने

फाइल तस्बिर: एनपीएल हेर्दै दर्शक


नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार ८:५२, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले पहिले ब्याटिङ गर्ने भएको हो। 

चितवनले अघिल्लो खेलबाट एक जना र कर्णालीले दुई खेलाडी परिवर्तन गरेका छन्। 

चितवनले आज हसन इसाखेलको ठाउँमा जान निकोल लफ्टी इटोन आएका छन्। 

कर्णालीले अघिल्लो खेलबाट बाबर हायत र भुवन कार्कीको स्थानमा युनिस विक्रम सिंह ठकुरी र र विल बसिस्टो आएका छन्। 

कर्णाली याक्सको टोलीः सोमपाल कामी(कप्तान), गुल्सन झा, अर्जुन घर्ति, युनिस विक्रम सिंह ठकुरी, नन्दन यादव, विपिन शर्मा, देव खनाल, चान्डविक जेसन मक्सुद, शिखर धवन, विल बसिस्टो

चितवन राइनेजः 
कुशल मल्ल (कप्तान), रवि बोपारा, जान निकोल लफ्टी, लुक वेनकेन्स्टाइन, रिजन ढकाल, शरद भेषावकर, विपिन रावल, दिपक बोहोरा, अमरसिंह राउटेला, सन्तोष कार्की, सोहेल तनविर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad