खेल


अन्तिम खेलमा पनि हार्‍यो लुम्बिनी, कर्णालीको प्लेअफ सम्भावना बलियो

अन्तिम खेलमा पनि हार्‍यो लुम्बिनी, कर्णालीको प्लेअफ सम्भावना बलियो

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १२:३२, काठमाडौँ

नेपाल प्रिमियर लिगको अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले पराजय व्यहोरेको छ। यसले कर्णाली याक्सको प्लेअफ सम्भावना बलियो भएको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कर्णालीसँग लुम्बिनी ५ रनले पराजित भएको हो। 

कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो। 

आजको जितसँगै कर्णालीले अंक तालिकामा ८ अंकसहित तेस्रो स्थानमा पुगेको छ। उसको रनरेट ०.०९५ छ।

यता लुम्बिनी भने ७ खेलमा ६ मा हार र १ मा जित निकाल्दै प्लेअफबाट बाहिरिसकेको छ। 

शुक्रबारको खेलमा लुम्बिनीका आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ र कप्तान रोहित पौडेलले १० रन बनाए। तोम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान दिए।

बेन कटिङ १ रनमै आउट भएपछि आएका साद बिन जफर पनि १२ रनमा रनआउट हुन पुगे। तिलक भण्डारी ३ रन र रेमन सिाइमन्ड ४ रनमा नटआउट रहे। अन्तिम बलसम्म पनि जित्ने सम्भावना कायम राखेको लुम्बिनीका लागि तिलक र साइमन चुके।

उनीहरुले अन्तिम ओभरमा ९ रन आवश्यक हुँदा मात्रै ३ रन जोडे। खराब ब्याटिङकै कारण अन्तिम खेलमा पनि लुम्बिनीले पराजित हुनुपर्यो। 

सोमपाल कामी एक मेडनसहित २४ रन खचिएर १ विकेट लिए। नन्दन यादव १ र बिपिन शर्माले पनि समान एक विकेट हात पारे। जिशन मक्सुदले २ र विलियम बसिस्टोले एक विकेट लिँदै महत्वपुर्ण अंक दिलाए। 

त्यसअघि टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। 

कर्णालीका लागि विलियम बसिस्टोले ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए। ओपनर बाबर हायतले २० रन, देव खनाल ३ रन, चाडविक वाल्टन १३ रन जोडेर आउट हुँदा गुल्शन झा ८ रन जोडेर आउट भए। 

अर्जुन घर्तीले २५ बलमा २५ रन योगदान दिँदा कप्तान सोमपाल कामी ७ रनमा र नन्दन यादव शून्य रनमै आउट भए। 

लुम्बिनीका लागि विकास आग्रीले २ ओभरमा ३ विकेट लिए। तिलक भण्डारीले २ तथा रामोन सिमोन्ड्स, सादबिन जाफर र रोहित पौडेल समान एक एक विकेट हात पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad