खेल


महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै

महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै

नेपालखबर
पुस ४, २०८१ बिहिबार १०:४२, काठमाडौँ

मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर-४’ मा आज नेपाल श्रीलंकासँग भिड्दै छ। 

खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार ११:४५ बजे सुरु हुनेछ। 

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा पुगेको हो। 

समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक/एक अंक बाँडेका थिए।

तर रनरेटका आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेतामा सीमित भयो।

गत आइतबारदेखि जारी प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सहभागी छन्।

जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन्।

पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन्।

प्रतियोगितामा पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोली सहभागी छ। 

उपकप्तानमा सोनी पाख्रिन छिन्  भने टोलीमा साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन्। यसैगरी तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत पनि टोलीमा समावेश छन्।

प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad