विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा वालिङ नगरपालिकामाथि सानदार जित दर्ता गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पुलिस क्लबले वालिङमाथि ५–० को फराकिलो जित हात पारेको हो।
पुलिस क्लबको जितमा अनुष्का शेर्पा र सम्झना लावतीले समान दुई गोल गरे। एक गोल पुजा रानाको नाममा रह्यो।
पहिलो हाफको २६ औँ मिनेटमा अनुष्काको गोलमा पुलिस क्लबले १–० को अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा सम्झना लावतीको गोलमा पुलिस क्लबले अग्रता दोब्बर पार्यो।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको पुलिस क्लबले दोस्रो हाफमा थप ३ गोल गर्यो।
दोस्रो हाफको सुरुवातमा नै पुजा रानाको गोलमा पुलिस क्लबले अग्रता फराकिलो पार्यो। त्यसको दुई मिनेटमा नै अनुष्काले व्यक्तीगत दोस्रो गोल थप्दा पुलिस क्लबले ४–० को अग्रता लियो।
खेलको ६० औँ मिनेटमा सम्झनाले पनि व्यक्तीगत दोस्रो गोल थप्दा पुलिस क्लबले लिगमा वालिङविरुद्ध ५–० को फराकिलो जित दर्ता गर्न सफल भयो।
लिगको अन्तिम चरणमा एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस गरि तीन विभागीय टोलीसँगै बागमती र वालिङ नगरपालिका सहभागी छन्।
लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन्। पुछारमा रहने टोली बाहिरिनेछ।
Shares

प्रतिक्रिया