खेल


पुलिस र आर्मीले बराबरी खेल्दै अंक बाँडे

पुलिस र आर्मीले बराबरी खेल्दै अंक बाँडे

नेपालखबर
पुस २१, २०८१ आइतबार २०:९, काठमाडौँ

एन्फा महिला लिगको अन्तिम चरणमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी गर्दै अंक बाँडेका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको विभागीय डर्वीमा आर्मी र पुलिस क्लबले गोलरहित बराबरी गर्दै अंक बाँडेका हुन्।

पहिलो हाफको २२ औँ मिनेटमा पुलिस क्लबकी पूजा रानाले गोल गरेपनि रेफ्री नविन्द्र महर्जनले गोलको मान्यता दिएनन्।

अमृता जैसीको फ्रिकीक प्रहार आर्मीकी गोलरक्षक अञ्जना रानामगरले बचाउन अघि बढेको मौकामा पूजाले बललाई पोष्टको जाली चुमाएकी थिईन्। तर रेफ्रीले गोल नदिएपछि पुलिस क्लबले गोलको अपिल गरेको थियो तर म्याच रेफ्रीले अञ्जनामाथि फाउल भएको निश्कर्ष निकालेको थियो।

सो क्रममा करिब ३० मिनेट खेल रोकिएको थियो।

लिगमा सोमबार एपीएफ फुटबल क्लब र वालिङ नगरपालिका भिड्नेछन्। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ।

पाँच टोली सहभागी लिगको शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन्।

लिगको अन्तिम चरणमा एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस गरि तीन विभागीय टोलीसँगै बागमती र वालिङ नगरपालिका सहभागी छन्।

लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन्। पुछारमा रहने टोली बाहिरिनेछ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad