भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहलाई आईसीसीले टी-२० क्रिकेटर अफ द इयर घोषणा गरेको छ।
अर्शदीप सिंह गत वर्ष टी-२० विश्वकप जित्ने रोहित शर्माको कप्तानीमा रहेको भारतीय क्रिकेट टोलीमा थिए।
आफ्नो वेबसाइटमा अर्शदीप सिंहको नाम घोषणा गर्दै आईसीसीले उनले २०२२ मा अन्तर्राष्ट्रिय डेब्यु गरेको उल्लेख गरेको छ।
आईसीसीले अर्शदीप सिंहले टी-२० क्रिकेटमा नयाँ बलमा विकेट लिने र अन्तिम ओभरमा किफायती बलरका रूपमा आफूलाई स्थापित गरेको बताएको छ।
405
Shares

प्रतिक्रिया