खेल


आहा रारा गोल्डकप: पहिलो सेमिफाइनलमा आज पुलिस र चर्च ब्वाइज भिड्दै

आहा रारा गोल्डकप: पहिलो सेमिफाइनलमा आज पुलिस र चर्च ब्वाइज भिड्दै

नेपालखबर
माघ ३०, २०८१ बुधबार ६:५०, काठमाडौँ

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दैछन्। 

पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ। 

६ पटकको च्याम्पियन पुलिस क्लब चर्च ब्वाइजलाई हराउँदै फाइनल यात्रा तय गर्न चाहन्छ। 

पुलिस क्लबले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाएको होे। पुलिस क्लबले पहिलो खेलमा आयोजक सहारा क्लबलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो। 

चर्च ब्वाइज भने पुलिस क्लबलाई पाखा लगाउँदै उपाधि होड बलियो बनाउन चाहन्छ।

क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइज आजको खेलमा अर्को विभागीय टोली पुलिसलाई पाखा लगाउने रणनितिामा हुनेछ। 

चर्च ब्वाइजले प्रि–क्वार्टरफाइनलमा एनआरटीलाई सडनडेथमा हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो।

प्रतियोगिताको २४ औँ संस्करणको सेमिफाइनल समिकरण पूरा हुँदा ४ वटा च्याम्पियन बाहिरिसकेका छन्। पुर्व विजेता थ्रीस्टार र नेपाल पुलिस क्लब मात्र यो संस्करणको उपाधि होडमा छन्। 

प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad