खेल


अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

नेपालखबर
फागुन ५, २०८१ सोमबार १३:३१, काठमाडौँ

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमकाबीच च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको हो।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको ट्रफी सार्वजनिक कार्यक्रम दिउँसो साढे १२ बजे मात्र भएको थियो।

दशरथ रगंशालामा भएको कार्यक्रममा एन्फा उपाध्यक्ष दावा लामा, दिपक खतिवडा र महासचिव किरण राईले ट्रफी सार्वजनिक गरेका थिए।

नेपालले आज किर्गिस्तानविरुद्ध खेल्दै च्याम्पियनसिपको सुरुवात गर्दैछ। दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे हुनेछ।

आजको पहिलो खेलमा म्यानमार र लेबनान भिड्दैछन्। सो खेल दिउँसो २ बजे सुरु हुनेछ।

व्यवसायिक लिगका लागि देशबाहिर रहेका कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, फरवार्डद्धय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल स्वदेश आइपुगेका छन्। साम्बा आज मात्रै नेपाल आइपुगेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad