खेल


एथ्लेटिकोले गुमायो शीर्षस्थानमा पुग्ने मौका, रियलले गर्‍यो बार्सासँग अंक बराबरी

एथ्लेटिकोले गुमायो शीर्षस्थानमा पुग्ने मौका, रियलले गर्‍यो बार्सासँग अंक बराबरी

नेपालखबर
फागुन २६, २०८१ सोमबार ११:२१, काठमाडौँ

एथ्लेटिको मड्रिडले शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ। गएराति सम्पन्न खेलमा गेटाफेसँग पराजित भएपछि एथ्लेटिकोले ३ अंक गुमाएको हो। 

यो हारसँगै एथ्लेटीको शीर्ष दुईबाट पनि ओरालो लागेको छ। गेटाफेविरुद्ध सुरुवाती अग्रता भने एथ्लेटिकोले लिएको थियो। तर अन्तिममा १० खेलाडीमा सिमित हुँदा ४ मिनेटको अन्तरमा दुई गोल खाँदा उपाधि होडमा धक्का लाग्यो।

एलेक्जेंडर सोरलोथले एथ्लेटिकोलाई ७५ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता दिलाएका थिए। तर एन्जल कोरेयाले ८८ औँ मिनेटमा रातोकार्ड पाए लगतै गेटाफेले बराबरी गोल फर्कायो। 

मौरो अरामबारीले गोल गर्दै खेल बराबरीमा लगे। मौरोले नै त्यसको चार मिनेटपछि गोल थप्दै गेटाफेलाई महत्त्वपूर्ण अंक दिलाए। तर यो हार एथ्लेटिकोलाई भने महंगो पर्‍यो। हारसँगै २७ खेलबाट ५६ अंक बनाएको एथ्लेटिको तेस्रो स्थानमा झरेको छ। 

आइतबार राति नै रियल मड्रिडले रेयो भालकानोलाई पराजित गर्दै शीर्षस्थानको बार्सिलोनाासँग अंक बराबरी गरेको छ। रियलको जितमा केलियन एम्बापे र भिनिसियस जुनियरले गोल गरे। एम्बापेले ३३० औँ मिनेटमा अग्रता दिलाएका थिए। त्यसको ४ मिनेटपछि भिनिसियसले अग्रता दोब्बर पारे। 

भालेकानोका लागि पेड्रो डियाजले पहिलो हाफकै अतिरिक्त समयमा एक गोल फर्काएका थिए। तर दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गर्यो। 

जितसँगै रियलको २७ खेलबाट ५७ अंक भएको छ। एक खेल कम खेलेको बार्सिलोनाको पनि २७ अंक नै छ। गोलअन्तरका आधारमा बार्सिलोना शीर्षस्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad