खेल


पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

नेपालखबर
चैत १, २०८१ शुक्रबार १९:२५, काठमाडौँ

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भई नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ। भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियमा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई रजत दिलाएकी थिइन्।

प्रभाले टी– ४७ क्याटगोरीको महिला लङजम्पमा ३.९६ मिटर जम्प गर्दै रजत जितेकी हुन्। प्रभाले लङजम्पसहित २ सय र ४ सय मिटर दौडमा पनि सहभागिता जनाएकी थिइन्।

प्रभासहित नेपालबाट ६ खेलाडी सहभागी थिए। पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए। गोविन्दले ज्याभ्लिन थ्रोमा पनि खेलेका थिए।

अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर भारत गएका थिए।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, राखेपका सदस्य रामचन्द्र श्रेष्ठलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad