खेल


एनएसएल : ललितपुरको पहिलो जित, पोखराको लगातार दोस्रो हार (तस्बिरहरू)

एनएसएल : ललितपुरको पहिलो जित, पोखराको लगातार दोस्रो हार (तस्बिरहरू)

सरोज नेपाल
चैत २०, २०८१ बुधबार २०:५७, काठमाडौँ

पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको खेलमा ललितपुरले पोखरालाई ३–२ ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो।

ललितपुरको जितमा जोनाथान कान्टीलानाले दुई तथा इमोह इजीकेलीले एक गोल गरे। पोखराका लागि समिर तामाङ र जोए आइडुले समान एक गोल गरे।

पहिलो खेलमा काठमाडौँसँग बराबरी गर्दै अंक बाँडेको ललितपुरले दोस्रो खेलमा आएर पहिलो जितको स्वाद लिएको हो। पोखराले भने लिगमा लगातार दोस्रो हार व्यहोरेको हो।

खेलको पहिलो हाफमा २–१ ले अघि रहेको ललितपुरले दोस्रो हाफमा थप १ गोल गर्दा एक गोल खान पुग्यो।

खेलको ७५ औँ मिनेटमा जोनाथन कै गोलमा ललितपुरले खेलमा ३–१ को अग्रता बनायो। इन्ज्युरी समयमा पोखराका जोय आइडुले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्। इन्ज्युरी समयको ११ औँ मिनेटमा जोए आइडुको पोखरा ३–२ को अवस्थामा आयो।

त्यसअघि पहिलो हाफको आठौँ मिनेटमा जोनाथन कान्टीलानाको गोलमा पोखराविरुद्ध ललितपुरले सुरुवाती अग्रता बनाएको थियो।

खेलको ४१ औँ मिनेटमा समिर तामाङको गोलमा पोखरा खेलमा फर्किएको थियो। आयुष घलानको क्रसमा नवयुग श्रेष्ठको हेडर ललितपुरका गोलरक्षकलाई लाग्दै भएको रिवाउण्डमा समिर तामाङले बललाई पोष्टको जाली चुमाए।

पहिलो हाफको इन्ज्युरी समयमा इमोह एजिकेलीको गोलमा ललितपुरले पोखराविरुद्ध पुनः अग्रता बनायो। थ्रीस्टारका गोलरक्षक प्रिसो अघि बढेको मौकामा इमोहले बललाई पोष्टको गति दिएका थिए।
यसअघिका तिन संस्करणमा भएको भेटमा ललितपुरले एक खेलमा जित निकालेको थियो। दुई खेल भने बराबरीमा सकिएको थियो।

लिगमा बिहीबार झापा एफसी र काठमाडौँ रेजर्स भिड्नेछन्। सो खेल साँझ ६ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad