खेल


आईपीएल स्थगित भए पनि गुजरातको प्रशिक्षण जारी

आईपीएल स्थगित भए पनि गुजरातको प्रशिक्षण जारी

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १२:४२, काठमाडौँ

गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भए पनि आफ्नो प्रशिक्षणलाई जारी राखेको छ। भारत पाकिस्तानबीचको तनावका कारण शुक्रबार आईपीएल केही साताका लागि स्थगित भएको थियो। 

तर जारी आईपीएलको अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरात प्रशिक्षणमा व्यस्त छ। आईपीएल स्थगित भएपछि अन्य टोलीका विदेशी खेलाडी, कोचिङ स्टाफले २४ घण्टामा नै भारत छाडेका थिए। 

तर गुजरात मात्र यस्तो टोली हो, जसले लय गुमाएको छैन। गुजरातका जस बटलर र जेराल्ड कोट्जी इङल्यान्ड र दक्षिण अफ्रिका फर्किए। 

गुजरातका धेरै जसो खेलाडी, सपोर्ट स्टार्फ मेम्बर भने आफ्नो घरेलु मैदान अहमावादको नरेन्द्र मोदी स्टेडियममा प्रशिक्षणमा जुटे। 

अंक तालिकाको शीर्ष स्थानमा रहेका गुजरात ११ खेलमा ८ खेलमा जित र ३ खेलमा हार भोग्दै १६ अंकमा शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट समान १६ अंक भएको रोयल च्यालेन्जर्स बैग्लोर दोस्रो स्थानमा छ। समान अंक भएपनि गुजरात नेट रनरेटमा बलियो रहँदै शीर्ष स्थानमा रहेको हो। 

गुजरातका ओपनर साइ सुदर्शन र शुभमन गिल ओरेन्ज क्यापको दौडमा छन्। दुई खेल ओरेन्ज क्यापको दौडमा दोस्रो र तेस्रो स्थानमा छन्। शीर्ष स्थानमा मुम्बइ इण्डियन्सका सुर्य कुमार यादव छन्। 

पर्पल क्यापको दौडमा फाष्ट बलर प्रसिद्ध कृष्ण शीर्ष स्थानमा छन्। उनले ११ खेलमा २० विकेट लिएका छन्। दोस्रो स्थानमा चेन्नइका नुर अहमदले १२ खेलमा २० विकेट लिदै दोस्रो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad