फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी क्वार्टरफाइनल खेलमा नर्वेविरुद्ध इंग्ल्यान्डले २-१ को अग्रता बनाएको छ।
हाल अतिरिक्त समयमा खेल जारी छ।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको ९३औँ मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन्।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।
अमेरिकाको मियामी स्टेडियममा जारी खेलमा पहिलो गोल खेलको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियास स्केल्डरअपले गरेका थिए।
तर, त्यसको ११ मिनेटपछि नै पहिलो हाफको इन्जुरी समयमा जेड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका थिए।
आजै बिहान पौने सात बजेदेखि सुरु हुने अर्को क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड खेल्दैछन्।
आज विजयी हुने टोली सेमिफाइनमा जानेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिने छ।
Shares

प्रतिक्रिया