खेल


आईपीएलले बाँकी खेलका लागि अस्थायी रूपमा विदेशी खेलाडी परिवर्तन गर्न दिने

आईपीएलले बाँकी खेलका लागि अस्थायी रूपमा विदेशी खेलाडी परिवर्तन गर्न दिने

नेपालखबर
जेठ १, २०८२ बिहिबार १४:३, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)ले बाँकी खेलका लागि अस्थायी रूपमा विदेशी खेलाडी परिवर्तन गर्न दिने भएको छ। 

वैकल्पिक रुपमा खेलाडी राख्न पाउन दिने भएसँगै आईपीएलले नयाँ शर्त समेत खेलाडीसामु राखेको छ। 

आईपीएलले सिजनका बाँकी खेलमा नफर्किने खेलाडीको स्थानमा नयाँ खेलाडी राख्न दिने निर्णय गरेसँगै अर्को सिजनका लागि ती खेलाडी अक्सनका लागि अयोग्य हुने र रिटेन समेत नहुने बताएको हो। त्यसका लागि ती खेलाडीले अर्को सिजनका लागि फेरि रजिस्टर्ड गर्नुपर्नेछ। 
 
भारत पाकिस्तान युद्धका कारण रोकिएको आईपीएल शनिबारदेखि फेरि सुरु हुँदै छ। 

आईपीएलका लागि धेरैजसो खेलाडीहरु भारत फर्किसकेका छन्। तर केही खेलाडी र प्रशिक्षकले भने नफर्किने बताइसकेका छन्। दिल्ली क्यापिटल्सका फ्रसेन म्याकजर्ग र चेन्नई सुपर किंग्सका जेमी ओभर्टनले आईपीएलको बाँकी सिजनका लागि आफ्नो नाम फिर्ता लिइसकेका छन्। 

आईपीएलले लिगको १२ खेलअघि खेलाडी घाइते वा बिरामी भएको अवस्थामा प्रतिस्थापन गर्न दिने बताएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad