स्ट्राइकर लियाम डेलापले चेल्सीका लागि आफ्नो पहिलो गोल गरेको खेलमा इएन ट्युनिसलाई हराउँदै फिफा क्लब विश्वकपको अन्तिम १६ पुगेको छ।
यो महिनाको सुरुमा इप्सविचबाट ३० मिलियनमा चेल्सी आइपुगेका थिए। बुधबार भएको खेलमा समूह डी को खेलमा चेल्सीले ट्युनिसलाई ३-० ले हराउँदै नकआउटमा पुगेको हुन्।
पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा टोसिन अडाराबायोयोको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो। त्यसको दुई मिनेटपछि नै लियाम डेलापले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २-० ले अग्रता बनाएको चेल्सीले इन्ज्युरी समयमा थप एक गोल गर्यो। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका टाइरिस जर्जल इन्ज्युरी समयको सातौँ मिनेटमो गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाए।
चेल्सीले अब नकआउट चरणमा शनिबार बेन्फिकाविरुद्ध खेल्नेछ। अन्तिम १६ को अर्को खेलमा पालमिरासले बोटाफोगोविरुद्ध खेल्ने तय भइसकेको छ।
Shares

प्रतिक्रिया