खेल


पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

नेपालखबर
असार १२, २०८२ बिहिबार १७:१५, काठमाडौँ

काठमाडौँ स्पोर्ट्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ।

आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौँको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतियोगिता निर्देशक ज्योति भण्डारीका अनुसार कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिष्पर्धा हुनेछ। बूढानीलकण्ठ नगरपालिकास्थित चुनिखेल रोयल स्पोट्र्स पार्कमा उक्त लिग हुनेछ। सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन्।

लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन्। विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको छ। यद्यपि, यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ। लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए।

एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन्। राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ।

क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ। हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ।

लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ। टिम खरिद गर्न न्यूनतम एक लाख ५० हजारसम्म तोकिएको निर्देशक भण्डारीले बताए। प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले यो लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित यो फरम्याटको प्रतिष्पर्धा शुरु गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad