एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नियमीत गोलरक्षक तथा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बासहित मिडफिल्डर प्रिती राई र डिफेन्डर पूजा रानाले सुरुवाती ११ मा स्थान बनाउन सकेनन्।
टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डेले घोषणा गरेको सुरुवाती ११ मा कप्तानसहित टोलीमा ठूलो परिवर्तन गरेका हुन्। यसअघि नियमीत ११ मा स्थान बनाउँदै आएका एञ्जिला, पूजा राना, रेखा पौडेल, प्रिती राइ वैकल्पिक खेलाडीको रुपमा बाहिर छन्।
यसअघि बेन्चमा सिमित बन्दै आएकी दोस्रो रोजाइकी गोलरक्षक अञ्जना रानामगरले सुरुवाती ११ मा मौका पाएकी छिन्। गोलरक्षक अन्जनासहित निसा थोकर, सरस्वती हमाल, अनिता बस्नेत र रश्मी कुमारी घिसिङ सुरुवाती रोजाइमा मैदान उत्रदैँछन्।
आज सरु लिम्बूले ५० औं खेल खेल्दैछिन् भने नेपालले १००औंँ खेल खेल्न लागेको हो।
Shares

प्रतिक्रिया