काठमाडौँ र ललितपुरमा आइतबार २ जना मृत फेला परेका छन्।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोकामा धादिङ धुनीबेशी नगरपालिका ६ घर भएका ३५ वर्षीय रमेश आचार्य मृत फेला परेका हुन्।
उक्त स्थानमा डेरा गरी बस्ने आचार्य आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
यस्तै ललितपुरमा पनि एक जना महिला मृत फेला परेकी छन्। महालक्ष्मी नगरपालिका २ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा फेला परेकी महिलाको सनाखत हुन सकेको छैन।
हाल नाम, थर र वतन नखुलेकी महिला अन्दाजी ३५ वर्षीया रहेको प्रहरीको अनुमान छ। दुवै घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
123
Shares

प्रतिक्रिया