बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्न नेपाली युवा टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक कार्यक्रम गर्दै बुधबार बंगलादेश जाने नेपाली टोलीलाई बिदाइ गरेको हो।
नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेखु, मनीष जोशी र प्रवक्ता सुरेश शाहले शुभकामना दिँदै बिदाइ गरे।
च्याम्पियनसिप असार २७ गतेदेखि साउन ५ गतेसम्म हुदैछ। च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका खेल्दैछन्।
नेपाली टोलीः लिला जोशी, करुणा बुढाथोकी, सुजता तामाङ
डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सानिहाङग्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गगां रोकाया, अनिसा राई, सिता रोकाया
फरवार्डः कुसुम खतिवडा, सुकृया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर
मुख्य प्रशिक्षकः यामप्रसाद गुरुङ,
Shares

प्रतिक्रिया