बार्सिलोनामा एक सिजनका लागि अनुबन्ध भएपछि मार्कस रासफोर्डले आफू घरमै रहेकाे महसुस भएको बताएका छन्।
म्यानचेस्टर युनाइटेडबाट एक सिजनका लागि लोनमा बार्सा पुगेका रासफोर्डले आफू घरमै भएको महसुस भइरहेको बताएका हुन्।
२७ वर्षिय रासफोर्डसामु सन् २०२६ सम्म ३५ मिलियन युरोमा स्थायी रूपमा स्थानान्तरण हुने विकल्प समेत छ।
सन् १९८६ मा ग्यारी लिनेकरपछि बार्सिलोनामा अनुबन्ध हुने रासफोर्ड पहिलो इङलिस खेलाडी हुन्।
रासफोर्डले गत डिसेम्बरदेखि म्यानचेष्टर युनाइटेडबाट खेलेका छैनन्। उनले सन् २०२४–२५ को सिजनको दोस्रो भाग एस्टाेन भिल्लामा लोनमा बिताए।
बार्सिलोना पुगेपछि उनले भने, ‘यो एउटा क्लब हो वहाँ मानिसहरुको सपना साकार हुन्छ, तिनीहरुले ठुला पुरस्कार जित्छन्। मलाई लाग्छ म घरमै छु। यहाँ आउनुको ठुलो कारण पनि यो पारिवारिक ठाउँ हो। राम्रा खेलाडीहरूले आफ्नाे सिप प्रर्दशन गर्ने राम्रो ठाउँ हो।’
सन् २०१६ मा क्लबका लागि डेक्ब्यु गरेपछि रासफोर्डले म्यानचेस्टर युनाइटेडका लागि ४ सय २६ खेलमा १ सय ३८ गोल गरेका छन्। पाँच मुख्य उपाधि जितेका छन्।
Shares

प्रतिक्रिया