खेल


चेल्सीका फरवार्ड फेलिक्स झन्डै ४४ लाख पाउन्डमा अल-नासर जान सहमत

चेल्सीका फरवार्ड फेलिक्स झन्डै ४४ लाख पाउन्डमा अल-नासर जान सहमत

नेपालखबर
साउन १२, २०८२ सोमबार १२:५०, काठमाडौँ

चेल्सीका फरवार्ड जोआओ फेलिक्सका लागि ४३.७ मिलियन पाउण्ड खर्च गर्न साउदी अरेबियन टोली अल-नासर सहमत भएको छ। २५ वर्षीय फेलिक्सका लागि अल-नासरले ४३.६ मिलियन पाउण्ड तिर्न सहमत भएपछि उनली मेडिकलका लागि रियाद आउने तयारीमा छन्।

फेलिक्सले आफ्नो पूर्व क्लब बेन्फिकाबाट ब्याज नपाएपछि उनी साउदी प्रो लिग टोलीमा सामेल हुन लागेका हुन्। फेलिक्सले चेल्सीका लागि ४० खेलमा ११ गोल गरेका छन्। 

चेल्सीले गत समरमा एथलेटिको मड्रिडलाई फेलिक्सका लागि तिरेको ४५ मिलियन पाउण्ड फिर्ता गर्यो। साथै उनलाई जनवरीमा ५ मिलियन पाउण्डमा ६ महिनाका लागि लोनमा एसि मिलान पठाएको थियो।  

चेल्सीका फरवार्ड रहिम स्टर्लिङ, लेफ्ट-ब्याक बेन चिलवेल, मिडफिल्डर रेनाटो भेइगा र स्ट्राइकर अर्मान्डो ब्रोजा जस्ता थप खेलाडीहरू बिक्रीका लागि छन्। 

क्लबले त्यसअघि नै गोलरक्षक जोर्डजे पेट्रोभिक र केपा अरिजाबालागा र विंगर नोनी माडुकेलाई बेचिसकेको छ। जसबाट क्लबले १ सय ३० मिलियन पाउण्ड उठाएको छ। 

चेल्सीले स्ट्राइकर लियाम डेलाप, विंगर जेमी गिटेन्स र फरवार्ड जोआओ पेड्रो जस्ता खेलाडीलाई अनुबन्ध गर्न २ सय १२ मिलियन पाउण्ड खर्च गरेको छ। उसले मिडफिल्डर जाभी सिमन्स र डिफेन्डर जोरेल हाटोमा इच्छा देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad