नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाईं नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाल आइपुगेका छन्।
एनपीएलको फ्रेन्चाइज टोली काठमाण्डू गोर्खाजको मुख्य प्रशिक्षकमा अनुबन्ध भएपछि उनी बिहीबार नेपाल आइपुगेका हुन्।
दिउँसो काठमाडौँ आइपुगेका प्रशिक्षक मोन्टीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै काठमाडौँ गोर्खाजको यात्रा स्मरणीय हुने बताए।
‘नेपालबाट कहिल्यै पनि म टाढा थिइनँ, त्यही भएर फेरि काठमाडौँ आएको छु,’ देसाईंले भने, ‘सपटक म फरक जिम्मेवारीका साथ आएको छु, ‘गत वर्ष पनि म एनपीएलको सेरोफेरोमा रहेको थिएँ, अहिले काठमान्डु गोर्खाजले प्रस्ताव गरेपछि आएको छु, म नयाँ भूमिकामा काम गर्न निकै उत्साहित छु।’

काठमान्डु गोर्खाजले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ ।
एनपीएलको ‘मिनी अक्सन’ शनिबार दिउँसो हुँदैछ। मोन्टी अक्सनमा सहभागी हुन काठमाडौँ आइपुगेका हुन्।
मोन्टी सन् २०२३ देखि २ वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक थिए।
Shares

प्रतिक्रिया