खेल


एएफसी यू–२० महिला एसियन कप: समूह चरणको अन्तिम खेलमा नेपाल आज उत्तर कोरियासँग भिड्दै

एएफसी यू–२० महिला एसियन कप: समूह चरणको अन्तिम खेलमा नेपाल आज उत्तर कोरियासँग भिड्दै

नेपालखबर
साउन २५, २०८२ आइतबार ७:१३, काठमाडौँ

एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज उत्तर कोरियाको सामना गर्दैछ। 

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल पौने आइतबार दिउँसो २ बजे सुरु हुनेछ। 

पहिलो खेलमा भुटानसँग बराबरी खेलेपछि समूह विजेता बन्ने होडबाट बाहिरिसकेको नेपाललाई आजको खेलमा कोरियामाथि जित निकाल्दै पर्ने दबाब छ। 

आजको खेलमा नेपालले जित निकालेको अवस्थामा र अन्य समूहका खेलको नतिजाको आधारमा उत्कृष्ट उपविजेता बन्दै छनोट हुने सम्भावना पनि जिवित राख्नेछ। त्यसका लागि भने नेपालसामु जितको विकल्प छैन। 

हारको नतिजाले नेपालको एसियन कप छनोट यात्रा यही सकिनेछ। 

समूह चरणको पहिलो खेलमा भुटानसँग १–१ को बराबरी गरेको नेपाली महिला टोलीले दोस्रो खेलमा साउदी अरेबियासँग १–० को कठिन जित निकालेको थियो। 

उत्तर कोरियाले भने पहिलो खेलमा साउदीलाई १५–० को फराकिलो अन्तरले हराएको थियो। दोस्रो खेलमा भुटानमाथि १०–० को जित निकालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad