खेल


टप इन्ड टी-२०: नर्दन टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य

टप इन्ड टी-२०: नर्दन टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १६:२, काठमाडौँ

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाललाई घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकले १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो। 

नर्दन टेरिटोरीका लागि ओपनर डिआर्सी सर्टले सर्वाधिक ५१ रन बनाए। ३४ बलमा ७ चौका र एक छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे। 

त्यसअघि अर्का ओपनर ज्याकव डिकमानलाई ११ रन बनाउँदा रुपेश सिंहले क्याचआउट गराएका थिए। 

कोनर क्यारोल १८, जोर्डन सिल्क १९, थोमस एन्ड्रयूजले ३२ र क्याडेल म्याकमोहनले १२ रनको योगदान गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा साहव आलमले २ विकेट लिए। रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले समान एक विकेट हात पारे। नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad