खेल


डेभिड बेकहम भन्छन्ः रोनाल्डो मेस्सीको स्तरमा पुग्दैनन्

डेभिड बेकहम भन्छन्ः रोनाल्डो मेस्सीको स्तरमा पुग्दैनन्

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ९:२,

विश्वभरका फुटबल समर्थक अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने विवादमा होमिएका छन्।

इंगल्याण्डका पूर्व स्टार फुटबलर डेभिड बेकहमले पनि यस विषयमा आफ्नो भनाइ राखेका छन्।

बेकहमले रोनाल्डो र मेस्सीमा मेस्सी आफ्नो रोजाइमा पर्ने बताएका छन्।

रोनाल्डो र मेस्सीले एक दशक फुटबल जगतमा राज गरे। यसबीचमा मेस्सीले ६ बालुन डि’ओर जित्दा रोनाल्डोले पाँच बालुन डि’ओर हात पारे।

विश्वभर मेस्सी र रोनाल्डो उत्कृष्टताको चर्चा भइराख्दा बेकहमले भनेका छन्,‘मेस्सी आफ्नो स्तरका एकमात्र खेलाडी हुन्। उनीजस्ता अरु हुनु असम्भव छ।’

‘रोनाल्डो पनि मलाई असाध्यै मनपर्छ। मेस्सी र रोनाल्डोको आफ्नै शैली छन्। तर मेरा लागि मेस्सी विश्वकै उत्कृष्ट हुन्’ बेकहमले भने। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad