समाज


आमाको मृत्यु भएको ६ दिनपछि वासुदेवका लागि खुल्यो महाकाली पुलको ताला

आमाको मृत्यु भएको ६ दिनपछि वासुदेवका लागि खुल्यो महाकाली पुलको ताला

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ९:१,

आमाको मृत्युपछि पनि लकडाउनका कारण भारतको धार्चुलाको क्वारेन्टिनमा रहेका दार्चुला शैल्यशिखर नगरपालिकाका बासुदेव भट्टलाई आइतबार नेपाल प्रवेश गराइएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दत्तुस्थित झोलुङ्गे पुलको ढोका खोली उनलाई नेपाल प्रवेश गराइएको हो।

उनकी आमाकाे मृत्यु भएकाे ६ दिनपछि उनले स्वदेश प्रवेश अनुमति पाएका छन्।

basudev

दुवै देशमा लकडाउन भएपछि जो जहाँ छन् त्यहीँ रहने भन्दै लकडाउनपछि आएका सीमामा अलपत्र नेपालीहरुलाई प्रवेश दिइएको थिएन।

प्रवेश नदिएपछि सीमा पारी नै रहेका बेला भट्टकी आमाको निधन भएको थियो। आमाको निधनपछि उनी क्वारेन्टिनमा किरिया बसेका थिए।

bsudev2 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad