सेप्टेम्बर ४ देखि ६ तारिखसम्म माल्दिभ्सको मालेमा सम्पन्न भएको अन्तर्राष्ट्रिय रोलर स्पिड स्केटिङ्ग प्रतियोगितामा सहभागी ६ जना जुनियर खेलाडीसहितको ९ सदस्यीय नेपाली टोली शनिबार १ मेडलसहित काठमाडौं आइपुगेको छ।
उक्त प्रतिसपर्धामा भाग लिएका खेलाडीहरुले ट्रयाक तर्फ १०० मि., ५०० मि., १००० मि., को प्रतिस्पर्धा र रोड तर्फ ५ किमि र १० किमिमा प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगितामा सहभागी खेलाडीहरु रोज वडु, जुन वडु, समिरन भुषाल, प्रिसा खाँड, जेहाना अर्याल र ओस्वी भट्टराईले प्रतिस्पर्धा गरेको थियो। साथै अफिसियलमा निलम बानियाँ वडु र सानि महर्जन रहेका थिए।
प्रतिस्पर्धामा सम्मिलित खेलाडीहरुले राम्रो प्रतिस्पर्धा गर्न सफल भएका थिए। ६ खेलाडीहरुमध्ये ७–८ बर्ष उमेर समूहमा, ट्रयाकतर्फको १०० मि., ५०० मि., र १००० मि. को प्रतिस्पर्धामा प्रिंसा खाँडले तेस्रो स्थान हाँसिल गर्दै देशको लागि ब्राउन्ज मेडल पक्का गरेकी थिइन्। लामो दूरीको दौड र रोडतर्फ भने कुनै पनि नतिजा हासिल गर्न सकेन। नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग एसोसिएसनका प्रमुख प्रशिक्षक दिलिप राज बरालले जानकारी दिए।
काठमाडौं आइपुगेको स्केटिङ्ग टोलीलाई शनिबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, फूल तथा माला लगाई स्वागत गरिएको थियो। स्केटिङ्ग टोलीलाई संघका अध्यक्ष अच्युत खनाल, प्रशिक्षक दिलिप राज बराल, बागमती संघका अध्यक्ष विकाश लामा, खेलाडी अनिश शाह, कानुनी सल्लाहकार वैदिक मरासिनी लगायत स्केटिङ्ग खेल प्रेमीहरु तथा अभिभावकहरुले स्वागत गरेका थिए।
Shares

प्रतिक्रिया