नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक पहिलो टी–२० शृंखलामा तेस्रो विकेट झारेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेष्ट इण्डिजविरुद्ध नेपाललाई तेस्रो सफलता दिलाएका छन्।
कप्तान पौडेलले आठौँ ओभरको चौथो बलमा जेवेल एन्ड्रयुलाई ५ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
युएईको शारजाह क्रिकेट मैदानमा नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले आठ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ।
अमिर जांगो १९ र केऐसी कार्टी ५ रनमा नटआउट छन्।
त्यसअघि नन्दन यादवले पाचौँ ओभरको पाचौँ बलमा अकिम अगस्तेलाई १५ रनमा दिपेन्द्र सिहं ऐरिको हातबाट क्याच आउट गराउँदै विकेट लिएका हुन्।
दोस्रो ओभरको दोस्रो बलमा ओपनर केली मेयर्स ५ रनमा रन आउट भए।
Shares

प्रतिक्रिया