वेस्ट इण्डिजविरुद्धको तेस्रो तथा अन्तिम टी–२० आई खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पावर प्लेमा सम्हालिएर ब्याटिङ गरिरहेको छ।
युएईको शारजाहस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले ६ ओभरको समाप्तीमा ३७ रन बनाएर खेलिरहेको छ।
ओपनर कुशल भुर्तेल २६ र कुशल मल्ल ११ रनमा अविजित छन्।
नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। आशिफ शेख, लोकेश बम र सहाब आलम सुरुवाती ११ मा स्थान बनाएका छन्।
आजको खेलमा आरिफ शेख, दिपेन्द्र सिंह ऐरि र ललित राजवंशी बेन्चमा छन्।
नेपाली टोली आजको खेलमा जित निकाल्दै तीन खेलको सिरिज क्लीन स्वीप गर्ने लक्ष्यमा छ।
48
Shares

प्रतिक्रिया